दफा १२
मतदान भएको मतपत्र विगार्न वा नष्ट गर्न नहुने
(१) कसैले पनि मतदाताले मतदान गरी मतपेटिका भित्र खसालेको मतपत्र बिगार्न वा नष्ट गर्न वा मतपत्र बिगार्ने वा नष्ट गराउने कुनै वस्तुवा पदार्थ मतपेटिकाभित्र खसाल्न वा राख्न वा विद्युतीय उपकरण वा माध्यमद्वारा मत सङ्केत गरिएको अवस्थामा त्यस्तो मतपत्र वा मत सङ्केतलाई निकाल्न वा त्यस्तो मत सङ्केतलाई प्रभाव पार्न सक्ने गरी कुनै संयन्त्र, उपकरण वा विद्युतीय माध्यम बनाउन वा त्यसको प्रयोग गर्न वा त्यस्तो संयन्त्र वा उपकरण अन्य कसैलाई दिन हुँदैन ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।
(२) उपदफा (१) विपरीतको कार्य गर्ने व्यक्तिलाई एक लाख रुपैयाँसम्म जरिबाना वा दुई वर्षसम्म कैद वा दुवै सजाय हुनेछ ।